Kathmandu Press

पार्टी, सम्प्रदाय र धर्मको झण्डा बोकाउनेले देशको झण्डा बोक्न सिकाएनन् : सांसद झा

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले, कहिले दलको, कहिले सम्प्रदायको झण्डा बोक्न सिकाउनेहरुले अहिले धर्मको झण्डा बोकाएको उनको आरोप छ। 
पार्टी, सम्प्रदाय र धर्मको झण्डा बोकाउनेले देशको झण्डा बोक्न सिकाएनन् : सांसद झा

काठमाडौं, असाेज १८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिश झाले, धर्मको झण्डा बोकाएर देशमा अस्थिरता फैलाउने कोसिस भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले, कहिले दलको, कहिले सम्प्रदायको झण्डा बोक्न सिकाउनेहरुले अहिले धर्मको झण्डा बोकाएको उनको आरोप छ। 

‘आफुहरुले यो देशका दलको झण्डा बोक्यौं, त्यसपछि आफुहरुलाई सम्प्रदायको झण्डा बोक्न सिकायो र अहिले धर्मको झण्डा बोक्न सिकाउँदैछ।’ उनले भने 

उनले आगामी निर्वाचनलाई लक्षित गरी अहिल्यै भोटको राजनीति हुन थालेको भन्दै त्यसले कसैलाई फाईदा नगर्ने बताए। 
उनले भने ‘केही राजनीतिज्ञहरुले अहिलेदेखि नै भोटको राजनीति गर्न थाले। त्यो कसैको लागि पनि फाईदाजनक हुने छैन्। केही क्षण

कुनै स्वार्थ समुह कुनै राजनिितक समुहको स्वार्थले केहीलाई क्षणिक फाइदा देला तर आउने सन्ततीले के पाउँछ।’
कुनै पनि पुस्ताले देशको झण्डा बोक्न नसिकाएकोप्रति उनको आक्रोश छ। 
 
प्रकाशित मिति: १५:२० बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्