सांसद पन्तले भने- यस्तो कमजोर नेतृत्व भएपछि देश कसरी अगाडि बढ्छ?
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विषेश समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरुले मर्यादा राख्न नसकेको तर्क गरे।
काठमाडौं, असाेज १८ : नेकपा एमालेका सांसद रघुजी पन्तले देशको इज्जत राष्ट्रपति, प्रधानमन्त्री मन्त्री, सांसद र देशका प्रशासकहरुको भुमिकाले पनि निर्धारण गर्ने स्मरण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको विषेश समयमा उनले राष्ट्रको प्रतिनिधित्व गर्नेहरुले मर्यादा राख्न नसकेको तर्क गरे।
‘आज यस्तो समाचार छापिएको छ नेपालका प्रधानमन्त्री र एमसीसीका एक्ज्युकेटिभ डाइरेक्टरले संगै उभिएर एमसीसी कार्यन्वयन सुरु भएको हर्षोल्लासमा आयोजना गरेको कार्यक्रमको उद्धघाटन। प्रधानमन्त्रीसंग सुहाउने मान्छे भए त ठिकै छ तर एमसीसी एक्ज्युकेटिभ डाइरेक्टर र प्रधानमन्त्री सुहाउँछ ? ’
त्यस्तै उनले क्रृणको पासोका परिएका की भनेर त्रास फैलाएर बीआरआई कार्यन्वयन गर्न रोकिएको बताए। ‘विआरआई कार्यन्वयन गर्छौ भनेर गएका प्रधानमन्त्रीको चिनमा किन हात कामयो थाहा छैन्। र नेपालले एउटा मौका गुमायो। अब त्यो अवसर आउँदैन्। यस्तो खालको कमजोर नेतृत्व देशमा भएपछि कसर िदेश अगाडी बढ सक्छ। ’ हामीले छिमेकमा रहेको आर्थिक शक्तिबाट फाईदा लिन चुक्न नहुने उनको भनाई छ।











