विवास्पद धर्मगुरु आचार्य श्रीनिवासविरुद्ध मुद्दा
आचार्यलाई मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो। हिंसा भड्काउने गरी उत्तेजित अभिव्यक्ति दिएको आरोप उनलाई लगाइएकाे छ।
जनकपुर, असोज १८ : सुनसरीमा पक्राउ परेका विवास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ।
आचार्यलाई मंगलबार सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो। हिंसा भड्काउने गरी उत्तेजित अभिव्यक्ति दिएको आरोप उनलाई लगाइएकाे छ।
बुधबार उनलाई धनुषा ल्याइएको हो। असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका थिए।
सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो। जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ।
यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए।
प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार