Kathmandu Press

सुनको तस्करी जाँचबुझ आयोगले काम थाल्यो 

सरकारले गत आइतबार पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठनको नर्णयलगरेको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले आयोग गठन गरी जिम्मेवारी दिएकोमा मन्त्रिपरिषद्लाई धन्यवाद दिँदै कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 
सुनको तस्करी जाँचबुझ आयोगले काम थाल्यो 

काठमाडौँ, असोज १८ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८० ले बिहीबारदेखि काम थालेको छ। सिंहदरबारमा पत्रकार सम्मेलन गरेर कार्य प्रारम्भ भएको जानकारी दिइएको छ। 

सरकारले गत आइतबार पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठनको नर्णयलगरेको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले आयोग गठन गरी जिम्मेवारी दिएकोमा मन्त्रिपरिषद्लाई धन्यवाद दिँदै कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। 

आयोगले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित ७  विषयमा तथ्यगत जानकारी एवं सुझाव प्राप्तिका लागि कार्तिक १६ गते भित्रको समयसीमा निर्धारण गरी सञ्चारका विभिन्न माध्यमहरूबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय समेत गरेका छ। आयोगलाई सहजीकरण वा सहयोगी हुने अन्य विषयमा पनि आयोगले सुझाव मागेको छ।

आयोगको कार्यालय गृह मन्त्रालयको पुरानो भवनको परिसरमा स्थापना भएको छ। सरकारले उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी सदस्य रहने गरी आयोग बनाएको थियो। 

आयोग अध्यक्ष आचार्यका अनुसार सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना लिइने भएको छ।

सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिने गरी कार्य योजना बनाइएको छ। 
 

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्