Kathmandu Press

रिगलको कैद माफी मिनाहा प्रकरणमा आदेश आउँदै

सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो। अहिले आदेशको तयारी भइरहेको छ।
रिगलको कैद माफी मिनाहा प्रकरणमा आदेश आउँदै

काठमाडौं, असोज १८ : नेपालगन्जका योगराज ढकाल ‘रिगल’ को कर्तव्य ज्यान मुद्दामा बाँकी कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध पीडितले दिएको रिटमा सुनुवाइ सकिएको छ। 

सर्वाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ सकिएको हो। अहिले आदेशको तयारी भइरहेको छ।

खुँडा प्रहार गरेर हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरकी पत्नी भारतीले माफी मिनाहाको निर्णय बदर गर्न माग राखेर सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन्। कैद सजाय मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग छ। 
 
प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्