विनाशकारी षड्यन्त्रको बादल मडारिएको सांसद चौधरीको भनाइ
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले विभिन्न बहानामा नेपालको धार्मिक तथा संस्कृति सद्भाव भत्काउने षड्यन्त्र भइरहेको उनको भनाइ छ।
काठमाडौं, असाेज १८ : सांसद तेजुलाल चौधरीले, नेपालमा विनासकारी षड्यन्त्रको कालो बादल मडारिईरहेको दाबी गरेका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले विभिन्न बहानामा नेपालको धार्मिक तथा संस्कृति सद्भाव भत्काउने षड्यन्त्र भइरहेको उनको भनाइ छ।
‘हाम्रो देशको शान्ति र अमनचयन डगमगाएर थर थर काम्दै छन्। अपराधिका तरवार , संविधान र कानुनको बुई चढेर जनताको घाँटी काट्दै छन्। भ्रष्टचार महंगी र कालो बजारी दलालहरुको बखान गरेर साध्य नै छैन्, ’ उनले भने।
उनले भने के अब हाम्रो देश हिंसा भड्काउने काटमार मचाउने , युवा बेच्ने, नेता बाँच्ने देश बन्दै गएको हो ?
प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार