Kathmandu Press

सरकारलाई सांसद गिरीको चेतावनी : दाङको बजेटमा षडयन्त्र नहोस्

सरकारलाई सांसद गिरीको चेतावनी : दाङको बजेटमा षडयन्त्र नहोस्

काठमाडौं, असाेज १८ : सांसद दिपक गिरीले रातो कितावमा उल्लेखित भएको दाङको बजेटमा हेरफेर नगर्न सरकारलाई चेतावनी दिएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले कमिसनको लोभमा बाटोको बजेट अन्यत्र सार्ने षड्यन्त्र गरेको भन्दै उनले सरकारलाई चेतावनी दिएका हुन्। 

उने भने, ‘दाङको रक्षाचौर हुँदै आँखा अस्पताल, घोराही हापुर हुँदै जाने बाटोको १४ करोड ४० लाख रुपैयाँ बजेट रातो किताबमा उल्लेख छ। केही कमिसनका षड्यन्त्रकारीहरुबाट त्यो बजेट सार्ने षड्यन्त्र हुँदैछ भन्ने सुन्नमा आएको छ। म सरकारलाई चेतावनी दिन चाहन्छु बाटोको बजेट सार्ने षड्यन्त्र नहोस्।’

उनले १९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ स्वदेश फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिँदै नेपाललाई गौरवान्वित बनाउने काम गरेको बताए।
 

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्