Kathmandu Press

पूर्वमन्त्री खाण, रायमाझीलगायतको सुनुवाइ स्थगित

पूर्वमन्त्री खाण, रायमाझीलगायतको सुनुवाइ स्थगित

काठमाडौँ, असोज १८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्तीको माग गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतले दिएको निवेदनमाथिको सुनुवाइ विहीबार स्थगित भएको छ। 

उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा सुनुवाइका लागि निवेदन १ नम्वरमा  थियो। अदालतले आफ्नो वेभसाइटमा रिट स्थगित हुनुको अन्य कारण जनाएको छ।

बिहीबारका लागि सो निवेदनमाथिको सुनुवाइ स्थगित गरिएपछि प्रतिबादीको सुनुवाइ लम्बिएको छ। ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि प्रतिबादीले तल्लो अदालतको आदेशविरुद्ध उच्चमा निवेदन दिएका हुन्। 

पूर्व मन्त्री खाण र टेपबहादुर रायमाझी, पूर्व सचिव टेकनारायाण पाण्डेसहित नरेन्द्र केसी,सानु भण्डारी, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले जिल्ला अदालतले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता भएको छ। 
 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्