रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाई हुँदै
सर्वोच्च अदालतमा पीडितका तर्फबाट दायर रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा पेसी तय भएको हो।
काठमाडौं, असोज १८ : कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकिएका योगराज ढकाल ‘रिगल’ को कैद सजाय छुट मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दायर रिटमा सुनुवाईका लागि पेशी तय भएको छ।
सर्वोच्च अदालतमा पीडितका तर्फबाट दायर रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा पेसी तय भएको हो।
नेपालगञ्जका ढकालले खुँडा प्रहार गरेर स्थानिय चेतन मानन्धरको हत्या गरेका थिए। उनलाई संविधान दिवसका उपलक्षमा बाँकी कैद सजाय मिनाहा भएपछि मृतक चेतनकी पत्नी भारती मानन्धरले गत आइतबार रिट दिएकी थिइन्। कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न रिटमा माग गरिएको छ।
रिटमा जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग पीडितको माग छ।
प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











