Kathmandu Press

प्रधानमन्त्री दाहाल शुक्रबार भूकम्प प्रभावित बझाङ जाने

प्रधानमन्त्री दाहाल शुक्रबबार भूकम्प प्रभावित बझाङ जाने भएका हुन्।
प्रधानमन्त्री दाहाल शुक्रबार भूकम्प प्रभावित बझाङ जाने

काठमाडौं, असोज १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्पबाट प्रभावित बनेको बझाङ जाने भएका छन्। प्रधानमन्त्री दाहाल शुक्रबबार भूकम्प प्रभावित बझाङ जाने भएका हुन्।

गत मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ भने झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ।

प्रधानमन्त्री दाहालले बिहीबार बिहान राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाउँदै बझाङ भूकम्पबाट प्रभावित भएका नागरिकको उद्धार, राहत र व्यवस्थापनका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्