Kathmandu Press

बझाङ भूकम्पबाट प्रभावितको उद्धार, राहत र व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकका क्रममा उनले सरोकारवाला पक्षहरुलाई यस्तो निर्देशन दिएका हुन्।
बझाङ भूकम्पबाट प्रभावितको उद्धार, राहत र व्यवस्थापन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असोज १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पबाट प्रभावित भएका नागरिकको उद्धार, राहत र व्यवस्थापनका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकका क्रममा उनले सरोकारवाला पक्षहरुलाई यस्तो निर्देशन दिएका हुन्।

‘बझाङ भूकम्प र पीडित नागरिकको उद्धार, राहत र व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गर्न निर्देशन गर्दछौँ। हालसम्म उद्धारका लागि जे जति प्रयास भएको छ, राहत र व्यवस्थापनमा खटिएका सबैलाई धन्यबाद । थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएका छौं’ प्रधानभन्त्रीले दाहाले भने, ‘तत्काल आवश्यक पर्ने स्रोतहरू व्यवस्थापन गर्ने निर्णय गरेका छौं।’

यसका लागि उनले तीनै तहका सरकारबीचसमन्वयमा एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने बताए।

प्रधानमन्त्रीले सम्भावित विपतजन्य घटनालाई मध्यनजर गर्दै पूर्व तयारीका साथ बस्नुपर्ने भन्दै यसलाई सबै सम्बन्धित पक्षले गम्भीर रुपमा लिन आग्रह गरेका छन्।

प्रकाशित मिति: ११:१२ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्