Kathmandu Press

नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाइयो

बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ।
नेपालगञ्जको कर्फ्यु आंशिक रुपमा हटाइयो

बाँके, असोज १८ : तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ। समाजिक संञ्जालमा लेखिएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडपको अवस्था सिर्जना भएपनि बाँके जिल्ला प्रहासनले मंगलबार दिँसोबाट अनिश्चितकालिन कर्फ्यू लगाएको थियो।

बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ।

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ।

आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो।

प्रकाशित मिति: ११:०३ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्