Kathmandu Press

राष्ट्रियसभा बैठक बस्दै

आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । 
राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं, असोज १८ : संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजेसंसद भवन नयाँबानेश्वरमा बस्नेछ । 

आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । 

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची रहेको छ । 
 
प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्