Kathmandu Press

एमाले गण्डकी प्रदेश अधिवेशनमा आज मतदान 

निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार आज मतदान हुन लागेको हो । मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो । 
एमाले गण्डकी प्रदेश अधिवेशनमा आज मतदान 

काठमाडौं, असोज १८ : नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । 

निर्वाचन समितिका प्रमुख सुरेन्द्र थापाका अनुसार आज मतदान हुन लागेको हो । मतदानका लागि हिजो उमेदवारी मनोनयन भएको थियो । 

अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । 

वर्तमान प्रदेश अध्यक्षसमेत रहेका शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीले साथ दिएका छन् ।  

प्रकाशित मिति: ०७:४७ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्