Kathmandu Press

प्रधानसेनापति शर्मा र बेलायतका राजदूतबीच भेटवार्ता

भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधान सेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल भएको छ।
प्रधानसेनापति शर्मा र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं, असाेज १७ : प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत रब फिनबिच शिष्टाचार भेटघाट भएको छ।

बुधबार प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधान सेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल भएको छ।

प्रधान सेनापति प्रभुराम शर्मा र बेलायतका सेना प्रमखु चिफ अफ द जेनरन स्टाफ जेनेरल सर प्याट्रिक सान्डेर केसीबी, सीबीई, डिएसओ, एडीसी जेन को औपचारिक निमन्त्रणामा यही असोज २१ गतेदेखि ६ दिने भ्रमणका लागि बेलायत प्रस्थान गर्ने नेपाली सेनाको सैनिक जन सम्पर्क निर्देशनालयले जनाएको छ।

 

प्रकाशित मिति: १९:५९ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्