Kathmandu Press

कोशी नामकरणको विरोधको आन्दोलन विदेशीको पैसाले चलेको छ : एमाले अध्यक्ष ओली

प्रदेशको नाम कोशी राखेकोमा प्रदेशसभालाई धन्यवाद दिनुपर्ने भन्दै ओलीले विदेशीले खर्च पेलेको भरमा २–४ जना कराएर वा चार जनाले ढुंगा हानेर केही फरक नपर्ने बताए।
कोशी नामकरणको विरोधको आन्दोलन विदेशीको पैसाले चलेको छ : एमाले अध्यक्ष ओली

मोरङ, असोज १७ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले कोशी प्रदेश नामकरणविरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन्।

बुधबार विराटनगरमा एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

प्रदेशको नाम कोशी राखेकोमा प्रदेशसभालाई धन्यवाद दिनुपर्ने भन्दै ओलीले विदेशीले खर्च पेलेको भरमा २–४ जना कराएर वा चार जनाले ढुंगा हानेर केही फरक नपर्ने बताए।

कोशी प्रदेशको गौरवलाई एकताबद्ध ढंगले अगाडि बढाउन आग्रह गर्दै ओलीले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए। उनले भने, ‘हाम्रो देशको विकास रोक्नका लागि कुनै षड्यन्त्र भइरहेको छ, त्यसलाई परास्त गर्नुपर्छ।’

गठबन्धन सरकारको विरोध गर्दै ओलीले एमालेबाहेक देशमा कसैले केही नगरेको दाबी पनि गरे।

प्रकाशित मिति: १९:५३ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्