Kathmandu Press

एमसीसी परियोजना कार्यन्वयनमा नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए।
एमसीसी परियोजना कार्यन्वयनमा नेपाल सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, असोज १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी परियोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए।

परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने र  विद्युतमा समेत सघाउ पुग्ने उनको भनाइ छ। नेपाल सन् २०२६ देखि विकाससिल मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको र सन् २०३० मा मध्यम आय भएको मुलुकमा स्तरोन्नतिको चरणमा रहेको भन्दै उनले यस अवधिका अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको बताए।

उक्त कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले एससीसी परियाजना नेपालका लागि महत्वपूर्ण रहेको बताए। यसमा एमसीसीको बाहेक नेपालले १९ करोड ७० लाख अमेरिकी डलर आफ्नो स्रोतबाट लगानी गर्ने भएकाले समेत यो नेपालका लागि महत्वपूर्ण रहेको उनको भनाई छ।

प्रकाशित मिति: १९:३६ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्