Kathmandu Press

‘जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हाे’

‘जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हाे’

काठमाडौं, असाेज १७ : सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छन्।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताए।

उनले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राखे। जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ।

उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट पार्दै सरकारले गरेको निर्णयबाट फिर्ता हुने सम्भावना नरहेको धारणा राखे।

यसअघि मंगलबार संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसको सार्वजनिक विदा कटौती गर्न माग गर्नुभएको थियो। त्यस्तै उनले सामाजिक सञ्जालमा हुने दूरुपयोग रोक्न तदारुकताका साथ कानुन निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए।

प्रकाशित मिति: १७:३३ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्