Kathmandu Press

बजार अनुमगन प्रभावकारी बनाउन उपभोक्ता समितिको सरकारलाई निर्देशन

बजार अनुमगन प्रभावकारी बनाउन उपभोक्ता समितिको सरकारलाई निर्देशन

काठमाडौं, असाेज १७ : प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले, चाडपर्वको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै, सभापति अब्दुल खांनले दसैँ, तिहार, छठलगायत चाडबाडमा हुनसक्ने कृत्रिम अभावलाई ध्यानमा राखेर अनुगमन प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिए। 

चाडबाड लक्षित सहूलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको उनको उनको भनाइ छ। 

उनले भने ,‘चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ। यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ।’

त्यस्तै, कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ।
 

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्