Kathmandu Press

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

त्यसपछिसंविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ। अंक गणितले कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना भनेर कमजोर देखाएको छ। 
कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर, असोज १७ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिवार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको छ।

सर्वोच्च अदालतको परमादेशपछि कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका थिए। कार्कीले विश्वासको मत नपाए स्वतः पदमुक्त हुने छन्। त्यसपछिसंविधानको धारा १६८ को उपधारा ५ अनुसार अर्को सरकार गठनको प्रक्रिया सुरु हुनेछ। अंक गणितले कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना भनेर कमजोर देखाएको छ। 

जसअनुसार प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ। सरकार गठनका लागि बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ। कार्कीलाई सत्ता घटक दलले विश्वासको मत नदिने भएका छन्। राप्रपाले पनि विश्वासको मत नदिने संकेत गरेको छ। 
 

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्