सिंहदरबारमा सुरक्षा परिषद बैठक

काठमाडौं, असोज १७ : पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेका बेला सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।
सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी सामेल छन् । पछिल्लो केही सातायता सुनसरी, सर्लाही र बाँकेको नेपालगञ्जसहितका स्थानमा धार्मिक तनाव बढ्दै गएको सन्दर्भमा उक्त बैठक बसेको जनाइएको छ ।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्यु लगाइएको छ । तनाव रोक्न पूर्व सावधानी स्वरुप नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ । चाडबाडलाई समेत लक्षित गरेर सुरक्षा परिषदको वैठक बसेको हाे। बैठकले नयाँ निर्णय गर्ने बताइएको छ ।











