इन्जिनियर रामबहादुरविरुद्ध ३ करोड १५ लाख भ्रष्टाचार अभियोग

काठमाडौं, असोज १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड १५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार विशेष अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार इीनजनियर रानाभाटले २०४६ असार ३० गतेदेखि २०७९ कात्तिक ६ गतेसम्मको अवधिमा स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ आर्जन गरेको पाइएको छ । रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले श्रीमती राधा रानाभाटसमेतको नाममा राखेको भेटिएको छ । अख्तियारले रानाभाटकी श्रीमतीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











