Kathmandu Press

रिगललाई आम माफी दिने निर्णयविरुद्ध चेतनकी पत्नी भारतीले थालिन् अनशन

रिगललाई आम माफी दिने निर्णयविरुद्ध चेतनकी पत्नी भारतीले थालिन् अनशन

काठमाडौं, असाेज १७ : चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई आम माफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गरेकी छन्।

आम माफीको विरुद्धमा आफूले अनशन सुरु गरेको भारतीले बताइन्। नवौं संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए। रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो। मृत्तक चेतनकी श्रीमती भारती मानन्धरले चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताए।

घटना घटेको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आम माफीले झनै पीडा दिएको उहाले बताए। राष्ट्रपतिले आममाफी दिएर पुनारो घट्नाको पीडा फेरी दोहार्‍याइदिएको उनले गुनासो गरे।  

प्रकाशित मिति: १६:१४ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्