चट्याङबाट हुने मानवीय क्षति न्यूनिकरणमा प्रदेश सरकार गम्भीर छ : प्रदेश मन्त्री श्रेष्ठ
प्रोफेसर म्यारी आन कोपरले, चट्याङका विषयमा प्रयाप्त जनचेतनाको अभावले समस्या भएको बताइन्। जीवन र सुरक्षाको सवालमा संचार माध्यमले फैलाउने जनचेतनाको भूमिका महत्वपूर्ण हुने उनले बताइन्।
काठमाडौं, असाेज १७ : बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ अन्र्तराष्ट्रिय सम्मेलनमा उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे।
‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ। देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन्,’ उनले भने, ‘त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने विषयमा पटक पटक छलफल हुने गरेको छ।’ कम भन्दा कम क्षति होस भन्ने हेतुले आवश्यक प्रयास गरिएको उनको दाबी छ।
त्यस्तै प्रोफेसर म्यारी आन कोपरले, चट्याङका विषयमा प्रयाप्त जनचेतनाको अभावले समस्या भएको बताइन्।
जीवन र सुरक्षाको सवालमा संचार माध्यमले फैलाउने जनचेतनाको भूमिका महत्वपूर्ण हुने उनले बताइन्।
त्यस्तै प्रोफेसर, लिला प्रधान जोशीले नेपालकै पहिलो विज्ञान क्याम्पसको रुपमा स्थापित अस्कल क्याम्पसले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रभावकारी भूमिका लेखेको बताईन्। कुनैपनि प्रकोपको कारण पत्ता लगाउन सक्ने हो भने त्यसको क्षति न्यूनिकरणका लागि भूमिका खेल्न सकिने भएकाले त्यसका लागि विज्ञान प्रविधिको क्षेत्रमा थप अनुसन्धान हुन जरुरी रहेको बताइन्।











