Kathmandu Press

११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं, असोज १७ : दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति चिनियाँ नागरिक हुन्। 

काठमाडौंको किमडोल बस्ने तासी दावा भनिने ६६ वर्षीय आगर लामा पक्राउ परेको प्रहरीले जनाएको छ। यो प्रकरणमा  मंगलबार पनि चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ परेका छन्। त्यसअघि ६ जना पक्राउ परिसकेकाेमा हालसम्म पक्राउ पर्नेकाे संख्या १० पुगेकाे छ।

चिनियाँ भूमिबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्