Kathmandu Press

एआइबिडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित

एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्र सदस्य रहेको एआइबिडीअन्तर्गत नेपालसहित १० राष्ट्र सदस्य रहेको कार्यकारी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिए।
एआइबिडी कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित

काठमाडौं, असोज १७ : प्रसारणको क्षेत्रसँग सम्बद्ध एआइबिडी नामक अन्तरराष्ट्रिय संस्थाको कार्यकारिणी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ। 

एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्र सदस्य रहेको एआइबिडीअन्तर्गत नेपालसहित १० राष्ट्र सदस्य रहेको कार्यकारी समितिको उपाध्यक्षमा नेपाल निर्वाचित भएको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिए।

दुईवर्षे कार्यकाल रहने सो समितिको उपाध्यक्षमा नेपालका तर्फबाट अब नेपाल टेलिभिजनले प्रतिनिधित्व गर्नेछ। यसअघि रेडियो नेपालले सो समितिको सदस्यका हैसियतले प्रतिनिधित्व गरेको कार्यकारी निर्देशक केसीले जानकारी दिए।  

अफ्रिकी राष्ट्र मोरिससमा आज सम्पन्न एआइबिडीको तीनदिने २१औँ साधारणसभा तथा ४८औँ वार्षिक भेलाका अवसरमा अध्यक्षमा थाइल्यान्ड र उपाध्यक्षमा नेपाल निर्वाचित भएको हो। यसैगरी एआइबिडीको साधारणसभा तथा वार्षिक भेलाले सभापतिमा भारत र उपसभापति पदमा कम्बोडियालाई निर्वाचित गरेको पनि कार्यकारी निर्देशक केसीले जानकारी दिए।  

साधारणसभामा नेपालका तर्फबाट रेडियो नेपालका कार्यकारी निर्देशक केसी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले भाग लिएका थिए।

प्रसारण क्षेत्रको विकास एवं विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको एआइबिडीको केन्द्रीय कार्यालय मलेसियामा रहेको र स्थापना सन् १९७७ मा भएको हो। रेडियो नेपाल र नेपाल टेलिभिजन सो अन्तरराष्ट्रिय संस्थाको संस्थापक सदस्य रहेको जनाइको छ। 

प्रकाशित मिति: १५:२४ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्