Kathmandu Press

सभापति देउवाद्वारा बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं, असोज १७ : कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मंगलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले आज एक विज्ञप्तिमार्फत सो घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका हुन्।

सभापति देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सरकारसँग आग्रह गरे।

उनले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आग्रह गर्दै यस विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी तथा दाजुभाइमा अपिल गरे।

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्