Kathmandu Press

विकासका लागि समाजवादी नीति र कार्यक्रमको विकल्प छैन : अध्यक्ष नेपाल

विकासका लागि समाजवादी नीति र कार्यक्रमको विकल्प छैन : अध्यक्ष नेपाल

जनकपुर, असाेज १७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका लागि समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताएका छन्।

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति आवश्यक पर्ने बताए।

राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्नुपर्नेमा जोड दिए। अध्यक्ष नेपालले नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमानदार बन्नुपर्ने बताए। 

उनले भने, ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन। त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमानदार प्रयत्न गर्न जरुरी छ। त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ।’
 

प्रकाशित मिति: १४:२४ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्