Kathmandu Press

जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेकाले सचेत होऔं : ओली

बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे। उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशील विषय भएको बताए।
जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भइरहेकाले सचेत होऔं : ओली

काठमाडाैं, असाेज १७ : एमाले अध्यक्ष केपी ओलीले केही तत्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्नेमा जाेड दिएका छन्।

बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे। उनले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशील विषय भएको बताए।

उनले कुनै पनि धर्मप्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचेजस्तो सहज नहुने बताए। अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसदको दुई तिहाइ मत चाहिने समेत स्पष्ट पारे। उनले विद्वेष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताए। अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महंगी र मुल्यवृद्धि हुदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे।

त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरु संवेदनशिल हुनुपर्ने बताए। उनले दलहरु मिल्नुको विकल्प नभएकाले मध्यावदी बाटो जान नहुने बताउँदै यदि निर्वाचन भइहाले एमालले बहुमत ल्याउनेमा ढुक्क रहेको बताए।

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्