धार्मिक-सामाजिक सद्भावमा खलल पुर्याए कडा कारबाही गर्ने बाँके प्रशासनकाे चेतावनी
प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई पनि अनुरोध गरेको छ।
काठमाडौं, असोज १७ : जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न अनुरोेध छ।
बाँके प्रशासनले आज विज्ञप्ति नै जारी गरेर सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारणरप्रकाशन नगर्न नगराउन अनुरोध गरेको हो। त्यस्ता गतिविधि गरेगराएको पाइए प्रचलित कानूनबमोजिम कडा कारबाहीको चेतावनी पनि दिइएको छ।
‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार(प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।
त्यसैगरी प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई पनि अनुरोध गरेको छ।








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


