हाम्रो राष्ट्रिय एकता जोगाऔं ः अध्यक्ष ओली

काठमाडौं, असाेज १७ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज लगायत देशमा विभिन्न क्षेत्रमा फैलिएको तर्फ सचेत हुन आग्रह गर्दै राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुमार्फत ओलीले नेपालगञ्ज लगायत देशका विभिन्न स्थानमा देखिएको धार्मिक विवादको कारण राष्ट्रिय एकता कमजोर बनेको भन्दै राष्ट्रिय एकता जोगाउन आग्रह गरे। ‘पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं। हाम्रो राष्ट्रिय एकता जोगाआंैं’ ओलीले लेखेका छन्।
ओलीले नेपाली समाजमा रहेको विविधता बीचको एकता नै नेपाली समाजको मुख्य विशेषता भएको उल्लेख गर्दै त्यो सहिष्णुता र आस्थामाथि एक अर्कोले सम्मान गर्नुपर्ने धारणा राखेका छन्। उनले लेखेका छन्, ‘हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो। सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन्।’








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


