गायिका दिलमाया खातीको निधन
नेपाली सुगमसंगीतमा आफ्नो छुटै पहिचान बनाएकी गायिका खातीको ८४ वर्षको उमेरमा मंगलबा राति निधन भएको हो।
काठमाडौं, असोज १७ : चर्चित गायिका दिलमाया खातीको निधन भएको छ। नेपाली सुगमसंगीतमा आफ्नो छुटै पहिचान बनाएकी गायिका खातीको ८४ वर्षको उमेरमा मंगलबा राति निधन भएको हो।
गायिकाका खाती लामो समयदेखि दम रोगबाट पीडित थिइन्। उनका ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’, ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’लगायत ५० भन्दा बढी चर्चित छन्।
दार्जिलिङकी नेपालीभाषी दिलमाया २०१८ सालमा नेपाल आएर पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी थिइन्। त्यसबेला रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेकी थिइन्। त्यसपछि यहाँका गायक–संगीतकारको आग्रहमा उनले नेपाली गीत गाउन थालेकी थिइन्।
प्रकाशित मिति: १०:४० बजे, बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)

