Kathmandu Press

धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

गजुरी गाउँपालिका–२, मजुवामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १५ र १६ वर्षका क्रमशः सञ्जिव श्रेष्ठ र निर्मल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

काठमाडौं, असोज १७ : धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । 

गजुरी गाउँपालिका–२, मजुवामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १५ र १६ वर्षका क्रमशः सञ्जिव श्रेष्ठ र निर्मल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुवै बालक सिद्दलेक गाउँपालिका ६ परेवाटारका रहेको प्रहरीले जानकारी दिएको छ ।  दुवैजना बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।

प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति: ०८:४४ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्