विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ
श्रीनिवासले दिएको सामाजिक सद्भाव भड्काउने र विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो।
सुनसरी, असोज १६ : सामाजिक सद्भाव भड्काउने विवादास्पद अभिव्यक्ति दिएका धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।
श्रीनिवासले दिएको सामाजिक सद्भाव भड्काउने र विवादास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए।
श्री निवास यसअघि २०७६ मा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए।
प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)