Kathmandu Press

धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपिल

सरकारकी प्रवक्ता रेखा शर्माले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न सबैलाई अपिल गरेकी छिन्।
धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपिल

काठमाडौं, असोज १६ : पछिल्लो समय देशका विभिन्न ठाउँमा धार्मिक र साम्प्रदायिक हिंसा भड्कने खतरा बढेपछि सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न अपिल गरेको छ।

मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई धार्मिक तथा साम्प्रदायिक घृणा नफैलाउन अपिल गरेको हो।

नेपालगञ्जका एक युवाले फेसबुकमा इस्लाम धर्मविरुद्ध लेखेकोपछि अहिले नेपालगञ्जमा तनावको अवस्था सिर्जना भएको छ। हिन्दू र इस्लाम धर्मावलम्बीहरूबीच झडपको अवस्था बनेपछि मंगलबार दिउँसोबाट नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यू लगाइएको छ।

सोही तनावका विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो । बैठकपछि बोल्दै सरकारकी प्रवक्ता रेखा शर्माले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न सबैलाई अपिल गरेकी छिन्।

बैठकले सामाजिक सञ्जाललाई मुलुकको हितलाई ध्यानमा राखेर मर्यादित तवरले प्रयोग गर्न सबैमा अपिल गरेको उनले बताइन्। बैठकले सामाजिक सञ्जालमा आधारहित कुरा, जातिय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामाग्री प्रकासन नगर्न आग्रह गरिएको उनले जानकारी दिइन्।

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्