Kathmandu Press

कालोबजारी र मूल्यवृद्धि रोक्न सरकारले बजार अनुमगमनलाई तिब्रता दिने

बैठकले खाद्य तथा गैर खाद्य बस्तुहरुको विक्रिवितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरी दोषी पाइए कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको सरकारकी प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
कालोबजारी र मूल्यवृद्धि रोक्न सरकारले बजार अनुमगमनलाई तिब्रता दिने

काठमाडौं, असोज १६ : सरकारले आसन्न चाडपर्वको बेला हुनसक्ने कालोबजारी र अस्वभाविक मूल्यबृद्धि रोक्नका लागि बजार अनुगमनलाई तीव्रता दिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा गैर खाद्य बस्तुहरुको विक्रिवितरणको अवस्थाबारे नियमित बजार अनुगमन गरी दोषी पाइए कारवाही गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएको सरकारकी प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकले चाडपर्व लक्षित खाद्य बस्तुहरुको बिक्रि बितरणका लागि सार्वजनिक निकायहरुलाई सूपथ मूल्य पसल स्थापना गर्न पनि निर्देशन दिएको उनले जानकारी दिइन्।

त्यस्तै बैठकले चाडपर्वको बेला उच्च माग हुने वस्तुहरुको कृतिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यबृद्धि कालोबजारी, अखाद्य बस्तु मिसावट गरि गुणस्तरहिन तवरले विक्रीपितरण गर्ने अनुुचित कार्यहरु नगर्न र नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्