Kathmandu Press

गणपूरक नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

गणपूरक नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

काठमाडौं, असोज १६ : गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

‘कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ । ६९ हुनुपर्नेमा ६६ भएकोले गणपूरक संख्या नपुगेपछि आजको कार्यसूचिको कार्यक्रम हटाइएको छ,’ सभामुख देवराज घिमिरेले भने।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत विधेयक छलफलक‍ा लागि संख्या नपुगेको हो। अर्को बैठक अब बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

 

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्