भेपमार्फत सुन तस्करी प्रकरण : माओवादी उपाध्यक्ष महरासँग सिआईबीको सोधपुछ
महराले सिआईबीसमक्ष आफ्नो दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार गरेका छन्।
काठमाडौं, असोज १६ : भेप मार्फत गरिएको सुन तस्करी प्रकणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।
सिआईबीले महाराजगञ्जस्थित कार्यालयमा बोलाएर मंगलबार महरासँग सुन तस्करी प्रकरणमा सोधपुछ गरेको हो।
गत २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो। महराको परिवारसँग निकट चिनियाँ तस्करीका नाइके दावाजिन वाङको योजनामा भित्र्याइएको सुन लुकाइएको भेप विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो ।
यो प्रकणमा मुछिएका महराका छोरा राहुललाई सिआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
चिनियाँ तस्करसँग फोन सम्पर्क गरेको देखिएपछि महरासँग सोधपुछ गरिएको सिआईबीले जनाएको छ। महरालाई बयान कागज गराइएको बताइएको छ।
महराले सिआईबीसमक्ष आफ्नो दावाजिनसँग चिनजान भएको र रोकिएका सामान मिलेसम्म छुटाउन अनुरोध गरेको स्वीकार गरेका छन्। उनले विधिवत आएको सामान रोकियो भनेपछि त्यसलाई छुटाउन मात्रै आफूले पहल गरेको बताएका छन्।








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


