‘ठूला दलको विदेशसम्बन्ध सत्ता केन्द्रित भयो’
‘सत्ताका लागि जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने ठानेर मुख्य पार्टीहरुले विदेश सम्बन्ध राख्ने गरेका छन्,’ उलने भने ।
काठमाडौं, असोज १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको बताएका छन्।
राप्रपा अन्तराष्ट्रिय सम्बन्ध विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीति : विगत, वर्तमान र भविष्य बिषयक विचार गोष्ठिमा लिङ्दनले सत्ता केन्द्रित भएर ठूला दलले विदेशसम्बन्ध राख्ने गरेको बताए।
‘सत्ताका लागि जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने ठानेर मुख्य पार्टीहरुले विदेश सम्बन्ध राख्ने गरेका छन्,’ उलने भने ।
अध्यक्ष लिङ्देनले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गर्दै सत्तापक्षीय कमजोरीका कारण प्रतिष्पर्धाको शिकार नेपाल बन्न सक्ने खतरा रहेको आंैल्याए।
नेपालले विश्वसमूदायसँगको सम्बन्धमा बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उनको भनाइ थियो। उनले पार्टीको नभई देशको परराष्ट्र निति हुनुपर्ने बताए।
अध्यक्ष लिङ्देनले एकदेशसँगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


