Kathmandu Press

सरकारलाई चित्रबहादुर केसीको प्रश्न- अपराधीले आममाफी पाउने भए न्यायपालिका किन चाहियो?

हेर्नुस् त प्रदेशको जात्रा, कोशीको जात्रा हेर्नुस् त । त्यो जात्रा सत्तापक्ष, प्रतिपक्ष सबै मिलेर देखाइरहेका छन्। प्रजातन्त्रिक विकेन्द्रिकरण गरौं, स्थानीय तहलाई बलियो बनाऔं । प्रदेश खारेज गर्नुको विकल्पै छैन।’
सरकारलाई चित्रबहादुर केसीको प्रश्न- अपराधीले आममाफी पाउने भए न्यायपालिका किन चाहियो?

काठमाडौं, असोज १६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सिफारिस गर्दैमा ज्यानमारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गरेका छन्।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ताधारीहरुको फौजदारी मुद्दा लागेको अपराधीहरुलाई राष्ट्रपतिले मिनाह दिनु गलत भएको भन्दै सरकारले सिफारिस गरेर ज्यान मारा र अपराधीले छुट पाउँने हो भने न्यायपालिका किन चाहियो भन्दै प्रश्न गरे।  

‘राष्ट्रपतिबाट गणतन्त्र, संविधान दिवसको अवसरमा फैजदारी मुद्दा लागेको अपराधीहरुलाई जुन मिनाह दिने काम भयो यो अत्यन्तै गलत काम छ । यो राजनीतिक पार्टीहरुको सत्ताधारीहरुको सिफारीसमा जे आउछ त्यो मान्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘यदि सरकाले सिफारिस गरेर हरेक ज्यान मारा र अपराधीले छुट पाउने हो भने न्यायपालिका किन चाहियो?’

सत्ताधारी र सरकारबाट जे सिफारिस आउँछ त्यो मान्नुपर्छ भनेर सम्मानीय राष्ट्रपतिले विवशता प्रकट केसीले बताए।
उनले न्यायपरिषद्ले लिएको परीक्षामा फेल भएकालाई पनि न्यायधि बनाइएको प्रतिपनि आपत्ति जनाए। ‘न्याय क्षेत्रको गति भन्नुस् त, १५ जना हुन् कि १८ जनाले न्यायाधीश हुन जाँच दिएका रे। एक जनामात्र पास भएको, अरु फेल भएका । तीनै फेल भएकालाई न्यायाधीशमा भर्ना गर्ने,’ उनले भने, ‘हेर्नुस् त यो लाजमर्दो होइन्, के भन्छ दुनियाँले। के भन्छ संसारले। यही हो लोकतन्त्र, यही हो प्रजातन्त्र?’

उनले नेपालमा संघीय प्रणालीको कुनै पनि हालतमा औचित्य नभएको बताउँदै यो प्रणाली नेपालले धान्नै नसक्ने भन्ने कुरा अहिले प्रमाणित भएको बताए। उनले प्रदेश खारेज गर्नुको विकल्प नभएको बताए।

उनले भने, ‘हेर्नुस् त प्रदेशको जात्रा, कोशीको जात्रा हेर्नुस् त । त्यो जात्रा सत्तापक्ष, प्रतिपक्ष सबै मिलेर देखाइरहेका छन्। प्रजातन्त्रिक विकेन्द्रिकरण गरौं, स्थानीय तहलाई बलियो बनाऔं । प्रदेश खारेज गर्नुको विकल्पै छैन।’

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्