‘राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहीन भयो’
राष्ट्रपतिले शासक दलका कार्यकर्ता ज्यान मारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत भएको सांसद सुवालले बताए।
काठमाडौं, असोज १६ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहीन भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपति पद त्यस्तो हुन हुन नहुने बताए।
राष्ट्रपतिले शासक दलका कार्यकर्ता ज्यान मारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत भएको सांसद सुवालले बताए।
‘राष्ट्रपति रामचन्द्र पौडेलले शासक दलका कार्यकर्ता ज्यान मारा भएपनि सरकारको सिफारिस अनुसार रिहा गरेको दाबी गर्नु गलत छ । राष्ट्रपति पद खोपाको मुर्ति र संवेदनहिन होइन्,’ उनले भने।
उनले सरकारले नेपाल र नेपालीलाई सिकिम जस्तै गराउने प्रस्ताव राखेपनि राष्ट्रपतिले समर्थन गर्न नमिल्ने टिप्पणी गरे।
प्रकाशित मिति: १७:०३ बजे, मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


