बझाङमा आधा घण्टामा २ भूकम्प, २ जना घाइते, जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो
भूकम्पमा जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएका छन् भने जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको छ।
बझाङ, असाेज १६ : मंगलबार दिउँसो बझाङ केन्द्रविन्दू भएर आधा घण्टाबीचमा २ पटक भूकम्प गएको छ। मंगलबार दिउँसो २ः४० र ३ः०६मा गएको ५.३ र ६.३ म्याग्निच्यूडको भूकम्पमा परी २ जना घाइते भएका छन्।
भूकम्पमा जयपृथ्वी नगरपालिका–१० का दुई जना घाइते भएको बताइएको छ। उनीहरुलाई उपचाकरा लागि जिल्ला अस्पताल लगिएको बताइएको छ।
भूकम्पले बझाङका केही विद्यालय भवनहरु भत्किएको जनाइएको छ। विद्यालय भत्किएका कारण विद्यार्थीहरु च्यापिएर घाइते भएको तर पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

भूकम्पकै कारण सुख्खा पहिरो जाँदा जयपृथ्वी राजमार्गअवरुद्ध भएको छ। जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरको केही ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको बताइएको छ।
२ पटक आएको भूकम्पका कारण स्थानीयको घर, विद्यालय, सरकारी कार्यालयहरु भत्किएको बताइएको छ। बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू चर्किएको जानकारी आए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
सो भूकम्पको धक्का काठमाडौंसहित भारतका नयाँ दिल्लीलगायतका क्षेत्रमा पनि महसुस भएको बताइएको छ।
(3)1696332385.jpg)









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


