Kathmandu Press

उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीका सिईओ अल्ब्राइटबीच भेट

जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको बताउँदै उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास दिएका थिए।
उपप्रधानमन्त्री श्रेष्ठ र एमसीसीका सिईओ अल्ब्राइटबीच भेट

काठमाडौं, असोज १६ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र एमसीसीकी सिईओ एलिस अलब्राइटबीच शिष्टाचार भेटघाट भएको छ।

मंगलबार गृह मन्त्रालयमा भएको भेटमा उप्रधानमन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालको सरकार जनताको आर्थिक–सामाजिक विकासको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा केन्द्रित रहेको र एमसीसी जस्ता परियोजनाको सफल कार्यान्वयनले त्यसमा योगदान दिने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

साथै नेपालको संसदले नै एमसीसी परियोजना पारित गरेकोले यसको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको श्रेष्ठले बताएका छन्।

परियोजनाको लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको बताउँदै उनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेको र परियोजना सुरक्षाको लागि कुनै कमी नहुने विश्वास दिएका थिए।

त्यसक्रममा सिईओ अल्ब्राइटले पाँच वर्षमा एमसीसी परियोजना सक्नैपर्ने भएकोले यसको कार्यान्वयनमा नेपाल सरकार र सरोकारवाला सबै पक्ष प्रतिबद्ध भएर लागेकोमा खुशी गरेकी छिन्।

एमसीसी अमेरिकी वैदेशिक सहयोगको महत्त्वपूर्ण अंग भएको र यसको कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्ध थप प्रगाढ हुने सिईओ अल्ब्राइटको विश्वास छ।

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्