Kathmandu Press

बझाङ केन्द्रविन्दु भएर ५.३ र ६.३ म्याग्निच्युडको दुई भूकम्प, काठमाडौंसहित दिल्लीमा पनि धक्का

भूकम्पको धक्का धनगढीसहित कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडाैंमा पनि महसुस भएको छ।
बझाङ केन्द्रविन्दु भएर ५.३ र ६.३ म्याग्निच्युडको दुई भूकम्प, काठमाडौंसहित दिल्लीमा पनि धक्का

काठमाडौं, असोज १६ : बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो दुई भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यस्तै, दिउँसो ३ः०६ मिनेटमा बझाङकै चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युटको अर्को भूकम्प भएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको जनाइएको छ। धनगढीसहित कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ। क्षति भएनभएको जानकारी प्राप्त हुन सकेको छैन ।   

भूकम्पको धक्का भारतको दिल्लीसहित त्यस वरपर पनि महसूस भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। समाचारअनुसार भूकम्पले नयाँ दिल्लीमा धेरैबेर हल्लाएको थियो।

भारतीय नेशनल सेन्टर फर सिस्मोलोजीले भने नेपालमा ६.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ।

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्