सरकारकै आडमा आफूमाथि सांघातिक हमला भएको ओलीको दाबी
उनले सरकारले गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्दा सम्म कारबाही गर्न नसकेकोमा आपत्ति जनाएका हुन्।
काठमाडौं, असोज १६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आफ्नो ज्यान मार्न खोज्नेलाई समातेजस्तो मात्र गरेर छोड्दिएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्दा सम्म कारबाही गर्न नसकेकोमा आपत्ति जनाएका हुन्।
‘यो सरकार गठबन्धनबाहेक अन्य दलको अस्तित्व स्वीकार गर्दैन। प्रमुख प्रतिपक्ष दलको नेतामाथि ज्यान लिन सांघातिक हमला गर्छ। गराउँछ हमलाकारीलाई कानूनको दायरामा ल्याउँदैन। मेरो ज्यान मार्न खोज्ने त्यस्ता मानिसहरुलाई समाउँदैन, समाते पनि तत्काल छाड्छ,’ उनले भने, ‘प्रहरीको टाउको फुटाउने र दाँत भाँचिने स्थितिसम्मका हमला भएका छन्। हामीलाई हमला गर्ने त्यसमा केही पनि नगर्नु भन्ने। हामीमाथि हमला गर्ने गठबन्धनका सहयात्री भनिएका प्रमुख पार्टीहरुका कार्यकर्ता हुन्।’
उनले सरकारले फाईल खोल्छु भन्ने तर खोलेको फाईलहरु बीचमै छोड्ने गरेको आरोप लगाए।
‘यो फाईल खोल्छु त्यो फाईल खोल्छु तर आफ्नो समर्थक पत्रकारलाई सोधिन्छ फाईल के गर्नुहुन्छ । मैले त्यसै बेला भनेको थिए खोल्नुहोस् खेलेको फाईलको के छ हालत,’ उलने भने, ‘ललिता निवासको फाईल त खोल्नुभयो तर बन्द गर्न कति गाराे भयो? कसरी बचाउने भनेर पसिना छुटाएको थियो।’









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)

