कर्फ्युकाबीच पनि नेपालगञ्जमा जुलुस र प्रदर्शन
बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन्। कर्फ्युका बाबजुद पनि प्रदर्शन नरोकेपछि प्रहरीले एक दर्जनभन्दा बढी हवाई फायर गरेको छ।
बाँके, असोज १६ : कर्फ्युकाबीच पनि नेपालगञ्जमा जुलुस र प्रदर्शन भइरहेको छ। प्रदर्शन नरोकिएपछि प्रहरीले नेपालगञ्जको बिपी चोकमा हवाई फायर गरेको छ।
बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरिरहेका छन्। कर्फ्युका बाबजुद पनि प्रदर्शन नरोकेपछि प्रहरीले एक दर्जनभन्दा बढी हवाई फायर गरेको छ।
हवाई फायरपछि पनि सडकमा भेला भएका हिन्दू र मुस्लिमले प्रदर्शन गरिरहेका छन्। भीड नियन्त्रणमा लिन अन्य क्षेत्रमा पनि अश्रुग्यास र हवाई फायर गरिएको छ । घुसपैठ हुन नदिन नाका–नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
16963192891696326477.jpg)
झडप हुने सम्भावना बढेपछि बाँके प्रशासनले मंगलबार १ बजेबाट अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।
नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम धर्मविरुद्ध लेखेको विरोधमा सुरुमा इस्लाम धर्मावलम्बीहरूले आइतबार नेपालगन्जमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनको विरोधमा हिन्दू धर्मवलम्बी पनि प्रदर्शनमा उत्रेपछि तनावकोे स्थिति सिर्जना भएको थियो।









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)

