फागुन १ को सार्वजनिक बिदा फिर्ता गर्न प्रधानमन्त्री दाहाललाई ओलीको अल्टिमेटम
‘हिजोका कुरा बिर्सिएर आज मेलमिलापका साथ अगाडि बढ्नु पर्नेबेलामा प्रधानमन्त्री ज्यूले हिंसा सुरु गरेको दिनेलाई राष्ट्रिय उत्सबका रुपमा घोषणा गर्नुभयो। भोज खाउ, नाचगान गर भने सधैं सधैंका लागि राष्ट्रिय विदा घोषणा गर्नुभयो। यो बिदा घोषणा मान्य छैन।’
काठमाडौं, असोज १६ : प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले फागुन १मा दिइएको सार्वजनिक बिदा फिर्ता गर्न सरकारलाई अल्टिमेट दिएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दे ओलीले ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने बताए।
अध्यक्ष ओलीले आफूहरुले विरोध गरेपछि सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेर सार्वजनिक विवाद दिएको बताए।
हिजोको कुरा बिर्सिएर मेलमिलापका साथ अघि बढ्नु पर्ने बेलामा प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सव घोषण गरेको ओलीले बताए।
‘शान्ति प्रक्रियालाई सत्ता प्राप्तिको जसको ताज र भ¥याङ बनाइरहनु भएको छ। प्रधानमन्त्री ज्यू युद्धका घाउहरुलाई सदाका लागि निको पारौं भन्ने हाम्रा प्रयासहरुलाई असफल बनाउने र भड्काउने दाउमा हुनुहुन्छ, शान्ति प्रक्रियाको टुंगो होइन, युद्ध प्रक्रियाको सुरुआत गर्न खोज्दै हुनुहुन्छ,’ अध्यक्ष ओलीले भने, ‘विस्मृतिमा राख्नुपर्ने द्वन्द्वकालको भोगाईलाई उदिनेर पीडित र परिवारजनलाई भड्काएर उनीहरुको खाटा बसेको घाउ उप्काएर अर्को नयाँ कन्फ्लिक्ट साइकल सिर्जना गर्न खोज्दै हुनुहुन्छ।’
अध्यक्ष ओलीले अगाडि भने, ‘हिजोका कुरा बिर्सिएर आज मेलमिलापका साथ अगाडि बढ्नु पर्नेबेलामा प्रधानमन्त्री ज्यूले हिंसा सुरु गरेको दिनेलाई राष्ट्रिय उत्सबका रुपमा घोषणा गर्नुभयो। भोज खाउ, नाचगान गर भने सधैं सधैंका लागि राष्ट्रिय विदा घोषणा गर्नुभयो। यो बिदा घोषणा मान्य छैन।’
उनले हिंसा सुरु भएको दिन कुनै पनि राष्ट्रको हर्ष र उल्लासको दिन हुन नसक्ने बताए।
‘









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)

