Kathmandu Press

सरकार चरम अनुत्तरयादी र गैरजिम्मेवार देखियाे : ओली

उनले सरकारको आलोचना गरेबापत शर्मालाई हतकडी लगाइएको आरोप लगाउँदै सरकारको आलोचना गरेकै भरमा सांसद अमरेशकुमार सिंहलाई पुर्जी काटिएको बताए।
सरकार चरम अनुत्तरयादी र गैरजिम्मेवार देखियाे : ओली

काठमाडौं, असोज १६ : प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले पछिल्लो समयमा बनेका सरकार स्वेच्छाचारी देखिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै ओालीले सरकार जनताप्रति अनुत्तरदायी भएको बताउँदै यो सरकार विकास विरोधी रहेको उल्लेख गरे।

‘कांग्रेसको नेतृत्वको गठबन्धन, त्यसयता अहिले माओवादी केन्द्रको नेतृत्वको सरकार कस्ता देखिएका छन् तपाईं हामी सबैले देखेका छौं, भन्न मिल्नु नमिल्नु, सक्नु नसक्नु बेलग्लै हो। वास्तवमै यी सरकारहरू चरम अनुत्तरदायी गैरजिम्मेवार देखिएका छन्, स्वेच्छाचचारी देखिएका छन्,’ उनले भने, ‘विकास विरोधी देखिएका छन्। विकासका कामहरूलाई ठप्प पारेका छन्।’

ओलीले वर्तमान सरकार चरम अनुत्तरयादी र गैरजिम्मेवार देखिएको बताए। उनले आलोचना गर्दा सुनिल शर्मा बनाइदिने भनेर सरकारले सातो लिने गरेको बताए।

उनले सरकारको आलोचना गरेबापत शर्मालाई हतकडी लगाइएको आरोप लगाउँदै सरकारको आलोचना गरेकै भरमा  सांसद अमरेशकुमार सिंहलाई पुर्जी काटिएको बताए।

‘सरकारको विरुद्धमा बोलेवापत अमरेशकुमार सिंहलाई पुर्जी कटाइएको छ। सम्पत्ति छानबिन गर्ने भन्या छ। कहिले सरकारमा ओहोदामा जानुभयो उहाँ,’ उनले भने, ‘यतिकै रिस उठ्यो भने जे पनि गरिदिनेरु सरकारको दुरुपयोग गर्नेरु २०४६ साल हो कि कहिलेको सर्टिफिकेट कतिपल्ट हेरिसक्यो? कतिपल्ट चलिसक्यो त्योरु लेखेर पास गर्या कि चोरेर पास गर्या, छानबिन गर्ने रे!’

चालु आयोजना रोकिएको र काम सम्पन्न भएकालाई भुक्तानी नदिइएको ओलीको भनाइ थियो । निर्माण व्यवसायीको पैसा भुक्तानी नहुँदा समस्या आएको उनले बताए ।

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्