Kathmandu Press

संसदमा ओलीको आरोप- गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लाग्नुभयो

‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाई ढाकछोप गर्न लाग्नुहुन्छ। १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ। छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाई गर्नुपर्छ । छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाईंको?’
संसदमा ओलीको आरोप- गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लाग्नुभयो

काठमाडौं, असोज १६ : प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री आफैंले तस्करहरुको संरक्षण गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैकठलाई सम्बोधन गर्दै अध्यक्ष अ‍ोलीले गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको आरोप लगाए। सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने पनि बताए।

‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो। सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर, कुन विरोधी लागे तपाईको अभियान रोक्न,’ गृहमन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाई ढाकछोप गर्न लाग्नुहुन्छ। १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ। छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाई गर्नुपर्छ । छानबिन गर्दा के बिग्रिन्थ्यो महासय तपाईंको?’

यस्तै, ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाए। उनले हत्यारालाई माफी दिँदा पीडित परिवार अतंकित भएको बताए।

‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ। दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ, पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ, किन सम्मानित गरिन्छ।’

सरकारले सुशासनको काम नियमित गर्नुपर्ने उनको भनाइ थियो । सरकारले सुरक्षा दिनुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने बताए। उनले सरकारले जनतालाई सेवा दिनुपर्ने बताए। प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो।

 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, असोज १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्