सम्झौता हुने, तर कार्यान्वयन नहुने चक्र सरकारले तोड्नुपर्छ : गगन थापा
‘स्वास्थ्यकर्मीमा आक्रमण भएको छ। स्वास्थ्यकर्मी माथि आक्रमण हुँदा किन्तु परन्तु नभनिकन जेल विदआउट वेल हुन्छ भन्ने डर हुँदैन अनि उपचारको सम्बन्धमा उपभोक्ताहरुलाई गुनासो सम्बोधन हुन्छ भन्ने भर हुँदैन तबसम्म यस्तो घटना दोहोरिरहन्छ। घटना हुन्छ आन्दोलन हुन्छ,’ उनले भने।
काठमाडौं, असोज १६ : कांग्रेस सांसद गगन थापाले स्वास्थ्यकर्मीहरुसँग सरकारले गरेको सम्झौता अक्षरस पालना हुनुपर्ने बताए।
मंगलबार प्रतिनिधिसभा बैठको शून्य समयमा बोल्दै उपचारका क्रममा उपभोत्तालाई आफ्नो गुनासो सम्बाधेन हुन्छ भन्ने विश्वास नभएसम्म स्वास्थ्यकर्मीहरुमाथिको आक्रामण नरोकिने र आन्दोलन हुने बताए।
‘स्वास्थ्यकर्मीमा आक्रमण भएको छ। स्वास्थ्यकर्मी माथि आक्रमण हुँदा किन्तु परन्तु नभनिकन जेल विदआउट वेल हुन्छ भन्ने डर हुँदैन अनि उपचारको सम्बन्धमा उपभोक्ताहरुलाई गुनासो सम्बोधन हुन्छ भन्ने भर हुँदैन तबसम्म यस्तो घटना दोहोरिरहन्छ। घटना हुन्छ आन्दोलन हुन्छ,’ उनले भने।
सम्झौता हुने र कार्यान्वयन नहुने हो भने स्वस्थ्यकर्मीमाथिको आक्रामण नरोकिने उनले बताए। सम्झौता कार्यान्वयनमा सरकारलाई संसदको सहयोग चाहिन्छ भने त्यसका लागि आफूहरु तयार रहेको उनले बताए।
‘सम्झौता हुन्छ, कार्यान्वयन हुँदैन। यो चक्र तोड्ने हो भने सरकारले नेपाल मेडिकल एसोसियसनसँग र स्वास्थ्यकर्मीहरुसँग गरेको सम्झौताको अक्षरस पालना गरोस्,’ उनले भने, ‘यो कार्यान्वयन गर्न संसदको सहयोग चाहिन्छ। त्यसमा हामी प्रतिवद्ध र तयार छौं। यतिले पुग्दैन स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता नबढाइ हुँदै हुँदैन।’
सांसद थापाले अहिलेको प्रधानमन्त्री नै प्रधानमन्त्री रहँदा आफूले एककिकृत स्वास्थ्य पूर्वधार विकास परियोजना बनाएको बताए। त्यसमा स्वास्थ्य प्रवाह क्षमता कसरी बढाउने भनेर विस्तृत खाका रहेको बताउँदै त्यसलाई अध्ययन गर्न उनले प्रधानमन्त्रीलाई आग्रह गरे।
‘अहिलेको प्रधानमन्त्री नै प्रधानमन्त्री रहँदा हामीले एककिकृत स्वास्थ्य पूर्वधार विकास परियोजना र विकास बनाएका थियौं। त्यसले स्वास्थ्य प्रवाह क्षमता कसरी बढाउने भनेर विस्तृत खाका तयार गरेको छ,’ उनले भने, ‘एकपटक मन्त्रालयमा धुलो लागेर बसेको होला धुलो टकटकाएर पढ्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु।









![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)

